• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको दोस्रो घुम्ती बैठक वेथानचोकमा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको दोस्रो घुम्ती बैठक वेथानचोकमा सम्पन्न

काभ्रे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बागमती प्रदेशको दोस्रो घुम्ती बैठक बेथानचोक गाउँपालिका–२ स्थित मुक्तेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न भएको छ।

प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगर को प्रमुख आतिथ्यतामा आयोजित बैठकमा केन्द्र तथा प्रदेशका पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा सहभागी केन्द्र र प्रदेशका पदाधिकारीहरूलाई औपचारिक स्वागत गर्ने कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति काभ्रेको आयोजनामा सम्पन्न भएको थियो।

जिल्ला कार्यसमितिका अध्यक्ष वाई पी घिमिरे को सभापतित्वमा भएको कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा रिता थापा मगर, कृष्ण रेउले, भरत बराकोटी, बालकुमार मल्ल तथा बासु सिम्खडा ले लोक तथा दोहोरी गीत क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा संस्थागत विकासका विषयमा शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको समापन सभापति वाई पी घिमिरे ले गर्नुभएको थियो। बैठकले लोक तथा दोहोरी गीतको संरक्षण, कलाकारहरूको हकहित तथा संस्थाको आगामी गतिविधिबारे छलफल गर्दै विभिन्न निर्णयसमेत गरेको जनाइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १७, आईतवार १२:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP