• २०८३ असार ३० | Tue, 14 Jul 2026

अष्ट्रेलियाबाट बिरजको कोसेली ‘साइली’ (भिडियोसहित)

अष्ट्रेलियाबाट बिरजको कोसेली ‘साइली’ (भिडियोसहित)

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको छ । बिरजले ८ वर्षको उमेरदेखि नै आफ्नो सांगीतिक यात्रा सुरु गरेका हुन् । १३ वर्षको उमेरमै उनले एकल सांगीतिक साँझ प्रस्तुत गरेर आफ्नो गायन प्रतिभा प्रदर्शन गरेका थिए ।

त्यसपछि २०७० सालमा उनले ‘नयाँ किरण’ नामक अडियो एल्बम सार्वजनिक गरेका थिए । उनले सुरशाला म्युजिक एकेडेमीबाट औपचारिकरूपमा संगीत अध्ययन गरेका थिए । हाल अष्ट्रेलियामा रहे पनि नेपाल आउँदा उनी नयाँ गीत रेकर्डिङ, म्युजिक भिडियो निर्माण तथा विभिन्न लाइभ सांगीतिक कार्यक्रममा व्यस्त रहने गरेका छन् ।

यसअघि उनले नेपाल भाषाका (नेवारी) थुप्रै गीत सार्वजनिक गरिसकेका छन् । उनका ‘तुयु तुयु धागु’, ‘नक्कालिम्हा मयेजु’ र ‘छ लुइवोन हे जीवन’ लगायतका गीतले दर्शक तथा श्रोतामाझ राम्रो चर्चा बटुलेका छन् । साथै उनका नेपाली म्युजिक भिडियो ‘आमा’ र ‘तिमी आउने बाटोभरी’ पनि दर्शकमाझ परिचित छन् ।

सांगीतिक यात्रामा बिरजले विभिन्न राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेका छन् । उनले २०७४ सालमा ‘तुयु तुयु धागु’ गीतबाट पेज थ्री अवार्ड अन्तर्गत बेस्ट न्यू आर्टिस्ट पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी ‘आमा’ गीतका लागि २०७५ सालमा नेसनल पावर न्युज म्युजिक अवार्ड अन्तर्गत बेस्ट सङ अफ द इयर – इन्करेजमेन्ट अवार्डबाट सम्मानित भएका थिए।

‘तुयु तुयु धागु’ बाटै उनले नेसनल बक्स अफिस अवार्डमा बेस्ट डेब्यु सिङ्गर (जुरी च्वाइस) अवार्ड पनि जितेका थिए । यस्तै २०७९ सालमा ‘छ लुइवोन हे जीवन’ गीतका लागि दोस्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड अन्तर्गत बेस्ट मेल सिङ्गर– राइजिङ स्टार (जुरी) अवार्ड प्राप्त गरेका थिए ।

यसपटक भने बिरजले नेपाली प्रेमगीत ‘साइली’ लिएर आएका हुन्। गीतमा बिरज महर्जनको स्वर रहेको छ भने शब्द, संगीत तथा संगीत संयोजन जुगल डंगोलले गरेका छन् । गीतको म्युजिक भिडियोमा कृषल श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन रकी महर्जनले गरेका हुन् भने सम्पादन रकी महर्जन र रामकृष्ण खड्गीले संयुक्त रूपमा गरेका छन् । भिडियोको निर्देशन रामकृष्ण खड्गीले गरेका छन् । निर्माण टिमका अनुसार प्रेम र भावनाको सुन्दर कथालाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गरिएको ‘साइली’ले युवा पुस्तासँगै सबै उमेर समूहका श्रोता–दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २७, शनिबार १०:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP