काठमाडाैं । आज २०८३ जेठ २५ गते सोमबार । तदनुसार ८ जुन २०२६ । यस्तो छ आजको राशिफलः
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मेष राशिका लागि आजको दिन ऊर्जा र उत्साहले भरिपूर्ण रहनेछ । रोकिएका पुराना कामहरूलाई फेरि सुरु गर्न र तिनलाई तार्किक निष्कर्षमा पुर्याउन अनुकूल समय छ । व्यवसायिक क्षेत्रमा नयाँ सहकार्यको प्रस्ताव आउन सक्छ, जसले दीर्घकालीनरूपमा फाइदा पुर्याउनेछ ।
वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): वृष राशिका लागि आजको दिन आर्थिक दृष्टिकोणले निकै फलदायी देखिन्छ । लामो समयदेखि फसेको वा रोकिएको धन फिर्ता हुन सक्छ । सञ्चार र मिडिया क्षेत्रमा आबद्ध व्यक्तिहरूका लागि आजको दिन विशेष सफलता मिल्ने योग छ, तपाईंका विचार र सिर्जनाको समाजमा उच्च कदर हुनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा): मिथुन राशिका जातकका लागि आजको दिन मिश्रित प्रभाव बोकेर आएको छ । बौद्धिक र रचनात्मक काममा मन जानेछ भने लेखन तथा अध्ययन अध्यापनमा रुचि बढ्नेछ । कार्यक्षेत्रमा केही नयाँ जिम्मेवारी थपिन सक्छन्, जसलाई कुशलतापूर्वक निभाउनु पर्ने चुनौती रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्कट राशिका जातकका लागि आजको दिन केही मानसिक तनाव वा दौडधूप बढी हुन सक्छ । कार्यक्षेत्रमा सानातिना अवरोधहरू आउन सक्ने भएकाले धैर्यताका साथ काम गर्नुहोला । सहकर्मीहरूसँगको सम्बन्धमा केही चिसोपन आउन सक्ने सम्भावना छ, त्यसैले आफ्नो कुरा राख्दा स्पष्ट र नम्र हुनुपर्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सिंह राशिका जातकका लागि आजको दिन अत्यन्तै शुभ र फलदायी रहनेछ । समाजमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ भने कार्यक्षेत्रमा तपाईंको नेतृत्व क्षमताको प्रशंसा हुनेछ । प्रशासनिक तथा सरकारी कामहरूमा सोचे अनुरूपको सफलता मिल्ने योग छ ।
कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): कन्या राशिका जातकका लागि आजको दिन करियर र पेसागत क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने समय छ । कार्यस्थलमा तपाईंको लगनशीलता र कार्यकुशलताको उच्च मूल्यांकन हुनेछ, जसका कारण पदोन्नति वा पुरस्कारको सम्भावनासमेत रहन्छ । व्यापार व्यवसायमा नयाँ प्रविधिको प्रयोग गर्दा फाइदा पुग्नेछ ।
तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): तुला राशिका लागि आज भाग्यले साथ दिने दिन छ । लामो समयदेखि अड्किएका कामहरू आज थोरै प्रयासले पनि सम्पन्न हुनेछन् । धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यहरूमा सहभागी हुने अवसर मिल्नेछ, जसले आन्तरिक शान्ति प्रदान गर्नेछ । उच्च शिक्षा वा अध्ययनका लागि विदेश जाने योजनामा रहेका जातकहरूका लागि आजको दिन अनुकूल रहनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): वृश्चिक राशिका जातकका लागि आजको दिन केही सतर्कता अपनाउनु पर्ने देखिन्छ । स्वास्थ्यमा अचानक केही कमजोरी महसुस हुन सक्छ, त्यसैले मौसमी बिरामीहरूबाट बच्न विशेष ध्यान दिनुहोला । कार्यक्षेत्रमा गोपनीयता कायम राख्नु नै बुद्धिमानी हुनेछ, आफ्ना योजनाहरू हतारमा अरूलाई सेयर नगर्नुहोला ।
धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): धनु राशिका जातकका लागि आजको दिन सुखद र आनन्दमयी रहनेछ । व्यापार व्यवसायमा साझेदारीमा गरिएका कामहरूबाट राम्रो मुनाफा मिल्ने योग छ । नयाँ सम्झौता वा व्यापारिक सम्बन्ध विस्तारका लागि दिन निकै उत्तम छ । जीवनसाथीसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ र पारिवारिक जीवनमा खुसीयाली छाउनेछ ।
मकर राशि (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): मकर राशिका लागि आजको दिन प्रतिस्पर्धा र चुनौतीहरूमा विजय प्राप्त गर्ने समय हो । कार्यक्षेत्रमा रहेका विरोधी वा प्रतिस्पर्धीहरू स्वतः कमजोर हुनेछन् र तपाईंको वर्चस्व कायम रहनेछ । पुराना ऋण वा दायित्वहरूबाट मुक्ति पाउने प्रयास सफल हुनेछन् । अदालती वा कानुनी मामिलाहरू तपाईंको पक्षमा फैसला हुन सक्छन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कुम्भ राशिका जातकका लागि आजको दिन बौद्धिक क्षमताको प्रदर्शन गर्ने र ज्ञान आर्जन गर्ने अवसर मिल्नेछ । विद्यार्थी वर्गका लागि अध्ययन अध्यापनमा सोचे जस्तै सफलता मिल्नेछ र परीक्षा आदिमा राम्रो नतिजा आउने योग छ । कला, साहित्य, संगीत र मनोरञ्जन क्षेत्रमा लागेका व्यक्तिहरूले आफ्नो प्रतिभा देखाउने ठूलो मञ्च पाउन सक्छन् ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): मीन राशिका जातकका लागि आजको दिन सुखसुविधा र पारिवारिक सुख बढाउने खालको छ । घरजग्गा, भूमि वा सवारी साधनको खरिदबिक्री सम्बन्धी काममा सफलता मिल्नेछ । आमाको स्वास्थ्यमा सुधार आउनेछ र उहाँको आशीर्वादले तपाईंका धेरै कामहरू बन्नेछन् । कार्यक्षेत्रमा केही कार्यव्यस्तता बढे पनि घरपरिवारका लागि समय निकाल्न सफल हुनुहुनेछ ।
प्रतिक्रिया