• २०८३ असार ३२ | Thu, 16 Jul 2026

एक किलो ५ सय ग्राम कोकिनसहित ठमेलबाट तीन विदेशी नागरिक पक्राउ

एक किलो ५ सय ग्राम कोकिनसहित ठमेलबाट तीन विदेशी नागरिक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलबाट अवैध लागूऔषध कोकिन १ किलो ५ सय ग्रामसहित तीन जना विदेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सेनेगलका नागरिक ४३ वर्षीय AMADOU SARR, भारत Khanpur Village, South Delhi बस्ने ३६ वर्षीया RUBI र ३१ वर्षीया SONY रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त कोकिन फेला पारी AMADOU SARR लाई मंगलबार पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त कोकिन लिन आएका RUBI र SONY लाई सोही होटलबाट आइतबार प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-११ सतुङ्गल घर भएका ६१ वर्षीय प्रधुमन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलाको पोष्ट भएको तस्विरमा अपशब्द तथा नकारात्मक टिप्पणी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० बस्ने ललितपुर कोन्ज्योसोम गाउँपालिका-२ घर भएका ३३ वर्षीय श्याम चौलागाई, ललितपुर गोदावारी नगरपालिका-६ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-६ घर भएका २० वर्षीय सुजन घतानी विक, काठमाडौं महानगरपालिका-१६ बस्ने बाँके राप्ती सोनारी गाउँपालिका-८ घर भएका ४३ वर्षीय यामराज खत्री र काठमाडौं कीर्तिपुर नगरपालिका-९ बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका ३३ वर्षीय सरद कुमाई रहेका छन् ।

पक्राउमध्ये श्यामले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ४० हजार रूपैयाँ, सुजनले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ८ लाख ४० हजार रूपैयाँ, यामराजले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ र सरदले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्याम र सुजनलाई ललितपुर, ललितपुर महानगरपालिका-१५ बाट, यामराजलाई काठमाडौं महानगरपालिका-१६ बाट आइतबार तथा सरदलाई ललितपुर महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १, सोमबार १९:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP