• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

मण्डनदेउपुर-१२ काे इन्द्रावती माविमा ‘आमा भेला’ सम्पन्न

मण्डनदेउपुर-१२ काे इन्द्रावती माविमा ‘आमा भेला’ सम्पन्न

मण्डनदेउपुर । शैक्षिक सत्र २०८३ को सुरुवातसँगै आयोजना गर्नुपर्ने आमा भेला केही ढिला भए पनि आज इन्द्रावती माध्यमिक विद्यालय, मण्डनदेउपुर–१२, काभ्रेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीको सभापतित्वमा उत्साहपूर्ण, अन्तरक्रियात्मक तथा उपलब्धिमूलकरूपमा सम्पन्न भएको छ ।

यसै अवसरमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत ईकोहिमाल नेपालद्वारा विद्यालयमा स्थापित ‘स्वआर्जित छात्रवृत्ति’ कार्यक्रमसमेत सम्पन्न गरिएको छ । कार्यक्रममा सहभागी भई आफ्ना महत्वपूर्ण सुझाव, सल्लाह र समय प्रदान गर्नुहुने सम्पूर्ण आमाहरूप्रति विद्यालय परिवारले सम्मान तथा कृतज्ञता व्यक्त गरेकाे छ ।

साथै, विभिन्न कारणले उपस्थित हुन नसक्नुभएका र विद्यालयलाई पूर्वजानकारी गराउनुभएका अभिभावकहरूप्रति पनि विद्यालयको पूर्ण सम्मान रहेको जनाएकाे छ। आगामी दिनमा यस्ता कार्यक्रमहरूमा अझ बढी अभिभावकको सहभागिता रहने विश्वास लिइएकाे छ ।

बालबालिकाको शैक्षिक, नैतिक तथा व्यक्तिगत विकासमा अभिभावकको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण हुने भएकाले आफ्ना सन्तानको भविष्यप्रति थप चासो र जिम्मेवारीका साथ विद्यालयका गतिविधिमा सहभागी हुन सम्पूर्ण अभिभावकहरूलाई अनुरोध गरिएकाे विद्यालयका प्रधानाध्यापक वेदप्रकाश खतिवडाले बताउनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १, सोमबार २१:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP