काठमाडौँ । हाल नेपालको कोशी प्रदेशका केही भागमा मनसुनी प्रभाव रहेको छ । अन्य भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भागमा मुख्यतया माैसम सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भाग साथै कोशी प्रदेशका तराई भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग साथै कोशी प्रदेशका तराई भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश र अन्य हिमाली र पहाडी भागमा आंशिक बादल तथा अन्य तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरू तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
मधेस प्रदेशमा एक–दुई स्थान र कोशी प्रदेशको तराईका केहि स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भाग तथा कोशी प्रदेशका तराई भागका एक,दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
प्रतिक्रिया