• २०८३ असार ३१ | Wed, 15 Jul 2026

देशैभर फैलियो मनसुन, आज केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशैभर फैलियो मनसुन, आज केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुनी वायु देशको पश्चिमी सीमासम्मै पुगेको छ । आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भागमा समेत मनसुन विस्तार भएको छ । यससँगै यो वर्षको मनसुन प्रणाली देशैभर पूर्णरूपमा फैलिएको छ ।

नेपालमा साधारणतया जुन १३ तारिखमा पूर्वी भागबाट मनसुन प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुने गर्दछ । तर यस वर्ष मनसुन सरदरभन्दा ६ दिन ढिलो गरी असार ५ गते (जुन १९ तारिख) पूर्वी नेपालबाट भित्रिएको थियो । यस वर्ष देशभर मनसुन विस्तार हुन १२ दिन लागेको छ ।

सुरुमा कोशी प्रदेशका केही भागमा विस्तार भएको मनसुन असार ८ गते कोशीका बाँकी भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी भागको थोरै स्थानसम्म फैलिएको थियो ।

यतिबेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । केही प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिनभर देशभर पूर्णतया बादल लाग्नेछ । देशका विभिन्न भौगोलिक क्षेत्रमा वर्षा र हिमपातको आंकलन गरिएको छ । आज विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

मौसममा आएको परिवर्तन र वर्षाको जोखिमलाई मध्यनजर गर्दै सबैलाई अद्यावधिक मौसम सूचनाको जानकारी लिई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १७, बुधबार ०७:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP