• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मेलम्ची नगरपालिकाको २१औँ नगरसभाबाट १ अर्ब ६५ करोड ६३ लाखको बजेट सार्वजनिक

मेलम्ची नगरपालिकाको २१औँ नगरसभाबाट १ अर्ब ६५ करोड ६३ लाखको बजेट सार्वजनिक

मेलम्ची । सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाको २१औँ नगरसभा बुधबार सम्पन्न भएको छ । नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ६५ करोड ६३ लाख २६ हजार २ सय २२ रूपैंयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरसभामा आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो ।

सार्वजनिक गरिएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, पर्यटन, युवा तथा खेलकुद, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सुशासनलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।

नगरसभाले विभिन्न विकास आयोजना, सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै समावेशी र दिगो विकासलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेको जनाएको छ ।

नगरसभामा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । प्रस्तुत बजेट र नीति–कार्यक्रममाथि छलफल गरी आवश्यक सुझावसहित नगरसभाले पारित गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका पदाधिकारीहरूले बजेट कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितालाई उच्च प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरेका छन् । गत असार १० गते नियमितरुपमा नगरसभा हुन नसक्दा स्थगित भएकाे थियाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ असार १७, बुधबार १८:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP