• २०८३ असार ३० | Tue, 14 Jul 2026

२०८३ असार २९ गते सोमबार, यस्तो छ आजको राशिफल

२०८३ असार २९ गते सोमबार, यस्तो छ आजको राशिफल

काठमाडाैं । २०८३ असार २९ गते साेमबार, तदनुसार १३ जुलाइ २०२६ । यस्ताे छ आजकाे राशिफल
मेष
कुनै पनि नयाँ लगानी वा ठूलो व्यापारिक सम्झौता आज नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा विशेषगरी पेट र टाउको दुख्ने समस्याले सताउन सक्छ । परिवारभित्र सामान्य कुरामा मतभेद हुन सक्ने भएकाले बोलीमा संयमता अपनाउनु आवश्यक छ ।
वृष
लामो समयदेखि रोकिएका अधुरा कामहरू साथीभाइ र सहकर्मीको मद्दतले सफलतापूर्वक सम्पन्न हुनेछन् । व्यापार तथा व्यवसायमा सोचेभन्दा राम्रो धन लाभ हुने योग छ । परिवारमा सुख, शान्ति र प्रसन्नताको वातावरण छाउनेछ ।

मिथुन
कार्यक्षेत्रमा सहकर्मीहरू तपाईंको योजनाबाट प्रभावित हुनेछन् । पुराना अल्झिएका कामहरू सुचारु हुनेछन् । विरोधी वा शत्रुहरू आफैं कमजोर भएर जानेछन् । मनोरञ्जनात्मक वा व्यावसायिक प्रयोजनका लागि छोटो दुरीको यात्रा हुन सक्छ, जसले मनमा नयाँ ऊर्जा र उत्साह थप्नेछ ।
कर्कट
आज मानसिकरूपमा केही चिन्ता र तनाव बढ्न सक्ने समय छ । नचाहेको विवाद वा असमझदारीमा फस्न सक्ने सम्भावना भएकाले अरूको आन्तरिक मामिलामा चासो नदिनुहोला । सवारी साधन चलाउँदा वा बाटो काट्दा विशेष सावधानी अपनाउनुहोला ।

सिंह
कार्यक्षेत्रमा तपाईंले गरेको मिहेनतको उचित कदर हुनेछ । उच्च अधिकारीहरूबाट सहयोग मिल्नेछ । प्रशासनिक, सरकारी वा कानुनी मामिलाहरूमा तपाईंको पक्ष बलियो बन्नेछ । नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर आउन सक्छ ।
कन्या
विद्यार्थीहरूले अध्ययनमा राम्रो प्रगति गर्न सक्नेछन् । लामो समयदेखि योजना बनाएर राखेका तर सुरु गर्न नसकेका कामहरू आज अगाडि बढाउँदा फाइदा हुनेछ । पुराना मिल्ने साथीभाइहरूसँग लामो समयपछि भेटघाट हुने र रमाइलो कुराकानी हुने अवसर मिल्नेछ ।
तुला
आज तपाईंको ध्यान आध्यात्मिक कार्यतर्फ बढी आकर्षित हुनेछ । घरपरिवार र नातागोताका सदस्यहरूबाट पूर्ण सहयोग र सद्भाव प्राप्त हुनेछ । आम्दानीका नयाँ–नयाँ स्रोतहरू फेला पर्न सक्छन्, जसले आर्थिक स्थितिलाई मजबुत बनाउन मद्दत गर्नेछ ।

वृश्चिक
स्वास्थ्यमा अचानक केही कमजोरी वा मौसमी बिरामीको प्रभाव पर्न सक्छ, त्यसैले आफ्नो शरीरको विशेष ख्याल राख्नुहोला । सवारी साधन प्रयोग गर्दा गति र नियममा ध्यान दिनुहोला । कार्यक्षेत्रमा कसैको उक्साहटमा लागेर वादविवादमा उत्रनु हानीकारक हुन सक्छ ।
धनु
आज जीवनसाथी वा मन परेको व्यक्तिसँगको सम्बन्ध थप प्रगाढ बन्नेछ । विपरीत लिङ्गी साथीहरूबाट कार्यक्षेत्र वा व्यक्तिगत जीवनमा ठूलो सहयोग मिल्न सक्छ । साझेदारीमा गरिएका व्यापार वा व्यवसायिक कामहरूबाट राम्रो मुनाफा आर्जन हुनेछ ।
मकर
लामो समयदेखि चलिरहेको कुनै पुरानो रोग वा शारीरिक समस्याबाट मुक्ति मिल्नेछ । कार्यक्षेत्र र समाजमा रहेका प्रतिस्पर्धी वा शत्रुहरूमाथि तपाईंको सहजै विजय हुनेछ । रोकिएका कामहरूमा प्रगति हुनुका साथै पुराना ऋणहरू चुक्ता गर्न सजिलो हुनेछ ।

कुम्भ
आज कला, साहित्य, सङ्गीत, लेखन वा नयाँ आविष्कारका क्षेत्रमा लागेका व्यक्तिहरूले आफ्नो प्रतिभा देखाउने राम्रो अवसर पाउनेछन् । त्यसबाट विशेष लाभ पनि मिल्नेछ । सन्तान वा परिवारका जुनियर सदस्यहरूबाट कुनै सुखद र गौरवपूर्ण समाचार सुन्न पाइनेछ ।
मीन
आज घरजग्गा, सम्पत्ति वा सवारी साधनको खरिद–बिक्री सम्बन्धी ठूला निर्णयहरू गर्दा हतार नगर्नुहोला र अनुभवी व्यक्तिको सल्लाह लिनुहोला । मानसिकरूपमा शान्त रहनका लागि केही समय ध्यान वा योग गर्नु उपयुक्त हुनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २९, सोमबार ०८:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP