काठमाडाैँ। २०८२ साल आश्विन २८ गते मंगलबार । तदनुसार १४ अक्टोबर २०२५ अष्टमी तिथी २५ घडी ९ पला नवमी तिथी प्रारम्भ हुनेछ । पुनर्बशु नक्षत्र २८ घडी ४३ पला उप्रान्त तिष्री नक्षत्र प्रारम्भ हुनेछ । शिव योग तैतिल करण आज बिहान सूर्योदय ६:०४ मा भयो भने सूर्यास्त साँझ ५:३४ मा हुनेछ। आज मंगलबार चन्द्रमा मिथुन राशिमा
मेष
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतामा सिद्ध हुनेछ। सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ । राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ।
बृष
मनोरञ्जनका लागि मन आकर्षित हुनेछ। धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
मिथुन
सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ। पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।
कर्कट
घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्नँ । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्न सक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।
सिंह
मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ। गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।
कन्या
तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइनेछ। दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणय सुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहने छ।
तुला
कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ। दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ ।
बृश्चिक
शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग नै देखिनेछ। छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ। शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ ।
धनु
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउनेछन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ।
मकर
काम गर्दा आर्थिक, सामाजिक, व्यवहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ।
कुम्भ
पढाइलेखाइका क्षेत्रमा सक्रिय भइनेछ । दिन भाग्यशाली भएर देखा पर्नेछ। दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहने छ।
मीन
झिनामसिना घरायसी कामको चाप बढ्ने छ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्न सक्छ। आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ ।
प्रतिक्रिया