• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

०८२ साल फागुन ४ गते सोमबारः यस्ताे छ आजकाे राशिफल

०८२ साल फागुन ४ गते सोमबारः यस्ताे छ आजकाे राशिफल

काठमाडाैँ । ०८२ साल फागुन ४ गते सोमबार तदनुसार १६ फेब्रुवरी २०२६ । चतुर्दशी तिथी २७ घडी १२ पला उप्रान्त औंसी तिथी प्रारम्भ हुनेछ । श्रवण नक्षत्र ३६ घडी ०३ पला उप्रान्त धनिष्ठा नक्षत्र प्रारम्भ हुनेछ । बज्र योग चतुस्घ्न करण आज बिहान सूर्योदय ६:४३ मा र सूर्यास्त साँझ ५:५५ मा हुनेछ । आज सोमबार चन्द्रमा मकर राशिमा ।

मेष राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ । बोलीमा कठोरता आउने देखिन्छ ।दाजुभाइमा सानो कुरामा वादविवाद हुनुका साथै अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ।

वृष राशि
साझेदारी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। परिवारमा असमानजस्य झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । पठनपाठनमा ह्रास आउनुका साथसाथै प्रेमिप्रेमिकाबीच मनमुटावको सिर्जना हुने देखिन्छ।

मिथुन राशि
अध्ययन अध्यापनमा सफलता प्राप्त हुनुका साथसाथै लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ। शत्रुपक्षबाट प्रशंसनीय भइनेछ।

कर्कट राशि
जग्गा जमिनसम्बन्धी कामबाट मनग्य लाभ लिन सकिनेछ । दाजुभाइको सरसहयोगले हराएको धनमाल भेटाउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ । परिवारमा नयाँ कार्यको थालनी हुनेछ ।

सिंह राशि
आयमा कमी विद्यामा बाधा आउनुका साथसाथै नशासम्बन्धी समस्याले समेत सताउने योग रहेको छ । चोटपटकको सम्भावना बढेर गएको छ। अप्रत्यासित खबर श्रवण गर्नुपर्ने देखिन्छ।

कन्या राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। पेशागत समस्याले सताउने योग छ। शत्रुपक्षबाट जोगिनुपर्ने देखिन्छ। पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।

तुला राशि
बोलीको प्रभाव बढेर गएको देखिन्छ। लेखन शैलीमा तीव्रता आउनेछ। साथीभाइको सरसहयोगले धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। हराएको धनमाल भेटाउन सकिनेछ।

वृश्चिक राशि
पारिवारिक सरसहयोगले कृषि तथा चौपायाबाट मनग्य लाभ लिन सकिनेछ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ । नयाँ कार्यको थालनी हुनुका साथसाथै अनावश्यकरुपमा खर्चको मात्रा बढेर जानेछ।

धनु राशि
आफन्तमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । गरिरहेको काममा बाधा आउनेछ । जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ। सामाजिक काममा बाधा आउनेछ ।

मकर राशि
कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। पठनपाठनमा सफलता पाइनेछ । दाजुभाइको सहयोग प्राप्त हुनुका साथै कृषि कार्यमा लगानी बढाइनुले मनमा उत्साह उमङ्ग बढेर जानेछ।

कुम्भ राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।

मीन राशि
न्यायिक काममा सफलता प्राप्त गर्न सकिनेछ। दाजुभाइको सहयोगले नयाँ कार्यको थालनी हुनेछ। व्यापार व्यवसायमा सफलता प्राप्त हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ४, सोमबार ००:२९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP