• २०८३ श्रावण १२ | Tue, 28 Jul 2026

२०८२ साल भदौ ३० गतेः आज कस्ताे छ राशिफल ?

२०८२ साल भदौ ३० गतेः आज कस्ताे छ राशिफल ?

काठमाडौं । २०८२ साल भाद्र ३० गते सोमबार तदनुसार १५ सेप्टेम्बर २०२५ । अष्टमी तिथी १ घडी ४१ पला उप्रान्त नवमी तिथी प्रारम्भ हुनेछ । मृगशिरा नक्षत्र १४ घडी ४४ पला उप्रान्त आर्द्रा नक्षत्र प्रारम्भ हुनेछ । सिद्व योग कौलव करण आज बिहान सूर्योदय ५:४९ मा भयो भने सूर्यास्त साँझ ६:०७ मा हुनेछ। आज सोमबार चन्द्रमा मिथुन राशिमा ।

मेष राशि
न्यायिक कार्यमा बाधा आउनेछ। अनावश्यकरुपमा खर्चको मात्रा बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। पठनपाठनमा बाधा आउने देखिन्छ ।

वृष राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । अधुरा कामहरू पूरा भएर जानेछन् ।सौन्दर्यतामा मन जानेछ। जग्गा जमिनसम्बन्धी कार्यबाट प्रशस्त लाभ लिन सकिने योग छ।

मिथुन राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ । लेखन शैलीमा कमी आउनेछ । स्वास्थ्यमा उत्तर चढाव आउनका साथै विश्वास गरेका आफन्तबाट धोका पाइनाले मनमा चिन्ता बढेर जानेछ ।

कर्कट राशि
सामाजिक कार्यमा समय व्यतीत भएर जानेछ। मानसम्मान प्राप्त हुनेछ । बोलीमा आएको मिठासले सबैको प्यारो बनिनेछ। पशु तथा चौपायबाट लाभ लिन सकिनेछ।

सिंह राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्नेछ। अर्काको काममा समय व्यतीत हुनेछ । शारीरिक आलस्यता बढेर जानेछ। व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ।

कन्या राशि
बोलीमा कठोरता आउनेछ । आयमा कमी आउनुका साथै पारिवारिक झैझगडाको सामना गर्नुपर्नेछ । कृषि तथा पशु चौपायाबाट घाटा बेहोर्नु पर्दा मनमा चिन्ता बढेर जानेछ।

तुला राशि
पराक्रम बढेर जानेछ । प्रेमीप्रेमीकाबीच माधुर्यता छाउनेछ। सन्तानबाट सुख पाउनुका साथै कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ।

वृश्चिक राशि
बाेलीको प्रभाव बढेर जानेछ । आफन्तको सरसहयोगले कार्य गर्न थप हौसला मिल्ने देखिन्छ। शैक्षिक कार्यमा प्रगति भएर जानेछ । धार्मिक यात्राको अवसर पाइने योग छ।

धनु राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । कार्यमा बाधा र आयमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। विश्वास गरेकाबाट धोका पाइनेछ । वैदेशिक कार्यमा बाधा आउनाले मानसिक तनाव बढेर जानेछ।

मकर राशि
आँखासम्बन्धी समस्याले सताउनेछ । लेखन शैलीमा कमी आउनेछ। सामाजिक काममा झुटा आरोपको सामना गर्नुपर्नेछ । आर्थिक क्षेत्रमा कमी आउनुका साथै राज्यपक्षबाट समेत कष्टता पाइने देखिन्छ ।

कुम्भ राशि
वैदेशिक यात्राको योग रहेको छ । न्यायिक कार्यमा सफलता पाइनेछ । आकस्मिकरूपमा तीर्थस्थलको भ्रमण गरिने योग छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ।

मीन राशि
मानसम्मान पाइने योग छ । दाजुभाइको सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। आकस्मिकरुपमा धनलाभ मिल्ने देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र ३०, सोमबार ००:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP