काठमाडौँ । २०८२ साल असाेज २५ गते शनिबार । तदनुसार ११ अक्टोबर २०२५ पञ्चमी तिथी ४० घडी ३ पला षष्ठी तिथी प्रारम्भ हुनेछ । रोहिणी नक्षत्र ३८ घडी १० पला उप्रान्त मृगशिरा नक्षत्र प्रारम्भ हुनेछ । ब्याघात योग कौलव करण आज बिहान सूर्योदय ६:०२ मा भयो भने सूर्यास्त साँझ ५:३७ मा हुनेछ। आज शनिबार चन्द्रमा बृष राशिमा
मेष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। बोलीमा मिठास छाउनेछ। आफन्तको सहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जाने देखिन्छ ।
वृष राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ । दाजुभाइमा अनावश्यकरूपमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ ।
मिथुन राशि
बाेलीको प्रभाव बढेर जानेछ । कसैको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। पुराना साथीभाईसँगको भेटघाट हुनाले मनमा खुसी छाउनेछ । प्रेम गर्ने अवसर मिल्नेछ।
कर्कट राशि
शारीरिक आलस्यता बढेर जानेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । राज्यपक्षबाट समेत अनावश्यकरुपमा कष्टता पाइने योग छ। विद्यामा बाधा आउने देखिन्छ ।
सिंह राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । विपरीत लिङ्गीबाट जोगिनुपर्नेछ। धन माल हराउन सक्ने सम्भावना बढेर गएकोले बोल्दा केही विचार पुर्याउनुपर्ने देखिन्छ ।
कन्या राशि
पराक्रम बढेर जानेछ । गरिरहेका कामहरू सञ्चालनमा आउने देखिन्छ । धार्मिक कार्यमा सहभागी भइनेछ। शत्रु पक्षबाट तपाईंकै जित हुने योग छ।
तुला राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। पतिपत्नीबीच माधुर्यता छाउनेछ। सौन्दर्यमा वृद्धि भएर जानेछ । प्रेमीप्रेमिकाबीच सुमधुर सम्बन्ध रहनेछ ।
वृश्चिक राशि
व्यापार व्यवसायमा घाटा बेहोर्नुपर्ने देखिन्छ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ । मानसम्मानमा अघात पुग्नुका साथै लेखन शैलीमा कमी आउनेछ ।
धनु राशि
धार्मिक कार्यमा बाधा आउनेछ । पैत्रिक स्वास्थ्यमा उत्तरचढाव आउने देखिन्छ । प्रेमीप्रेमीकाबीच मनमुटावको सिर्जना हुनेछ । गरिरहेको काममा बाधा आउने देखिन्छ ।
मकर राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । पठनपाठनमा वृद्धि भएर जाने देखिन्छ । पशु तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिने छ । मानसम्मानमा वृद्धि भएर जानाले मनमा खुशी छाउनेछ।
कुम्भ राशि
थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्नेछ । न्यायिक कार्यमा सफलता पाइने योग छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनुका साथै सञ्चित धनको नाश हुने देखिन्छ ।
मीन राशि
दाम्पत्य जीवनमा कलह बढेर जानेछ । सामाजिक कार्यमा बाधा आउनेछ। जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । विश्वास गरेकाबाट धोका पाइने योग छ।
प्रतिक्रिया