धुलिखेल । जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजना तथा Global Action Nepal (GAN) को सहयोगमा छात्राहरूका लागि विद्यालयमा आधारित महिनावारी सरसफाइ गोष्ठीको ५औँ र ६औँ ब्याच सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमअन्तर्गत ५औँ ब्याच असार २६ गते बेथानचोक गाउँपालिका अन्तर्गत रहेको श्री कृष्णगोपाल माध्यमिक विद्यालयमा तथा ६औँ ब्याच २०८३ साल असार ३० गते पाँचखाल नगरपालिका अन्तर्गत रहेको श्री पलाञ्चोक भगवती माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो ।
गोष्ठीमार्फत किशोरी छात्राहरूलाई महिनावारी स्वास्थ्य, व्यक्तिगत सरसफाइ, सुरक्षित महिनावारी व्यवस्थापन, मिथक तथा भ्रमको अन्त्य, र आत्मविश्वासका साथ विद्यालयमा नियमित सहभागितासम्बन्धी जानकारी प्रदान गरिएको थियो । साथै सहभागी छात्राहरूलाई आवश्यक सूचना, शिक्षा तथा सञ्चार (IEC) सामग्रीसमेत वितरण गरिएको थियो ।
यस कार्यक्रमले किशोरीहरूमा महिनावारीप्रति सकारात्मक सोचको विकास, सरसफाइ अभ्यासमा सुधार तथा विद्यालयमै सुरक्षित र सम्मानजनक वातावरण सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक IEC Materials उपलब्ध गराई निरन्तर सहयोग पुर्याउनु भएको Global Action Nepal (GAN) प्रति जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले आभार तथा विशेष धन्यवाद व्यक्त गरेकाे छ ।

प्रतिक्रिया