काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको गोसाइँस्थान क्षेत्रमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार असार ३२ गते रातिको समयमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६, गोसाइँस्थानस्थित एक संस्कृत गुरुकुलमा भएको चोरी घटनाको अनुसन्धानका क्रममा सिसिटिभी फुटेजका आधारमा एक जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–४, बाँसघारी निवासी इन्द्रबहादुर मगरका २५ वर्षीय छोरा प्रेम मगर रहेका छन् । प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
चोरी घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया