• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

मदन पुरस्कार-२०८२ का लागि उत्कृष्ट १० कृति छनोट

मदन पुरस्कार-२०८२ का लागि उत्कृष्ट १० कृति छनोट

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृति छनोट गरेको छ ।

गुठीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यस वर्ष प्राप्त भएका कुल २९८ पुस्तकमध्येबाट प्रारम्भिक मूल्याङ्कनपछि १० कृति छनोट गरिएको हो । यीमध्ये एक कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।

अकारादि क्रममा छनोट भएका कृति र लेखक यसप्रकार छन्–
अज्ञात – केशवराज ज्ञवाली, इथा – केशव दाहाल, उत्कर्ष – ललित बिष्ट, नेपालमण्डलसँग जोडिएको सिम्राैनगढको इतिहास– रोशनकुमार झा रहेका छन् ।

यस्तै नेवार समुदायका परम्परागत मुकुन्डो नाच – वीणा जोशी (राजभण्डारी), परिधि – उमा सुवेदी, महायुग – सीमा आभास, सलह – श्रवण मुकारुङ, स्पर्श – डा. नवराज केसी र हिउँद – नदीश रहेका छन् ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा छनोट भएका कृतिमध्ये एकलाई वर्ष २०८२ को मदन पुरस्कार प्रदान गरिने उल्लेख गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ५, मंगलवार १८:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP