पाँचखाल । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, खटारमा जंगली च्याउ खाँदा एक दम्पती बेहोस भएका छन्।
बुधबार दिउँसाे करिब ३:३० बजे स्थानीय ४९ वर्षीय बलबहादुर दनुवार र उनकी ५१ वर्षीया श्रीमती बेली दनुवारले आफ्नै घरमा जंगली च्याउ सेवन गरेपछि अचानक अस्वस्थ भएका हुन् ।
उनीहरूलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल पुर्याइएको छ । अस्पताल स्रोतका अनुसार दुवै जनाको अवस्था बोल्न नसक्ने तथा बेहोस रहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । स्वास्थ्यकर्मीहरूले जंगली च्याउको पहिचान गर्न कठिन हुने भएकाले त्यसको सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया