• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

मेलम्ची–टिम्बु सडक कालोपत्रेका लागि ४० करोड बजेट, ठेक्का प्रक्रिया छिट्टै सुरु हुने

मेलम्ची–टिम्बु सडक कालोपत्रेका लागि ४० करोड बजेट, ठेक्का प्रक्रिया छिट्टै सुरु हुने

सिन्धुपाल्चोक। मेलम्ची–टिम्बु सडक कालोपत्रे गर्ने प्रक्रिया यसै आर्थिक वर्षभित्र अगाडि बढ्ने भएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार मेलम्ची बोर्डले चालु आर्थिक वर्षका लागि उक्त सडक कालोपत्रेका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ भने ठेक्का (टेन्डर) प्रक्रिया पनि छिट्टै सुरु गरिनेछ ।

अध्यक्ष शेर्पाले पछिल्ला केही दिनदेखि मेलम्ची–टिम्बु सडक कालोपत्रे हुने विषयमा स्थानीयवासीले चासो व्यक्त गरिरहेको उल्लेख गर्दै यसअघि पनि चालु आर्थिक वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य रहेको जानकारी गराइसकेको बताए ।

उनका अनुसार २०७८ सालको विनाशकारी मेलम्ची बाढीका कारण सडक कालोपत्रेका लागि छुट्याइएको करिब ६०–७० करोड रुपैयाँ बाढीपछिको पुनर्निर्माण तथा क्षतिग्रस्त संरचनाको मर्मतमा खर्च गर्नुपरेकाले योजना समयमै कार्यान्वयन हुन सकेको थिएन ।

अब भने आवश्यक बजेट सुनिश्चित भइसकेकाले कालोपत्रे कार्य अघि बढ्ने उनले स्पष्ट पारे । साथै हेलम्बु क्षेत्रका सडक, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत अन्य पूर्वाधार तथा विकास योजनाका लागि पनि उल्लेखनीय बजेट व्यवस्था गरिएको जानकारी दिए ।

अध्यक्ष शेर्पाले हेलम्बुको समग्र विकासलाई गति दिन आवश्यक बजेट सुनिश्चित गर्न निरन्तर पहल भइरहेको उल्लेख गर्दै विकास निर्माणका योजनाहरू क्रमशः कार्यान्वयन हुँदै जाने बताए । साथै, यस योजनासम्बन्धी थप आधिकारिक जानकारी समय-समयमा सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २०, बुधबार १९:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP