काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
अहिले कोशी र लुम्बिनी प्रदेश साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ । मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भागमा भने आंशिक बदली रहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार देशभर साधारणतया बादल लाग्ने अनुमान छ । देशको हिमाली भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी पहाडी र तराई भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कर्णालीको पहाडी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
प्रतिक्रिया