• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

लायन्स क्लब अफ काठमाडौँ डाँफेद्वारा देउसी-भैलो तथा साँस्कृतिक कार्यक्रमकाे आयाेजना

लायन्स क्लब अफ काठमाडौँ डाँफेद्वारा देउसी-भैलो तथा साँस्कृतिक कार्यक्रमकाे आयाेजना

काठमाडौँ । नेपाल संवत ११४६, शुभ दीपावली २०८२ तथा छठ पर्वको अवसरमा लायन्स क्लब अफ काठमाडौँ डाँफेद्वारा एक विशेष देउसी-भैलो तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

समाजसेवी तथा सामाजिक अभियान्ता दीप खतिवडाका अनुसार, उक्त कार्यक्रम सामुदायिक विद्यालयहरूको शैक्षिक उत्थानका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको हो । यस कार्यक्रमले स्थानीय समुदायमा सहयोग र एकताको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा देशका चर्चित राष्ट्रिय कलाकारहरूको उपस्थितीसहित सांस्कृतिक प्रस्तुति रहेकाे छ। कार्यक्रममा भिमसेन खतिवडा, सूर्यमणी आचार्य, गिता सेन्चुरी, राधिका ढकाल, स्मृति गौतम, कुमार पौडेल, रेवन विश्वकर्मा , गणेश भुसाल, बसन्त दंगाल र बिष्णु तामाङ लगायतको प्रस्तुति रहेको छ ।

यस अवसरमा सबैलाई उपस्थित भई नेपाली संस्कृतिको संरक्षण र सामुदायिक विद्यालयको उत्थानमा योगदान दिन समाजसेवी दीप खतिवडाले हार्दिक निमन्त्रणा गरेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ५, बुधबार ११:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP