• २०८३ असार ३१ | Wed, 15 Jul 2026

स्रोत नखुलेको ११ लाख नगदसहित बाराबाट एक जना पक्राउ

स्रोत नखुलेको ११ लाख नगदसहित बाराबाट एक जना पक्राउ

बारा । आदर्श कोतवाल गाउँपालिका-७ बाट स्रोत नखुलेको नगद ११ लाख २२ हजार रूपैँयाँसहित सुवर्ण गाउँपालिका-१ वगही बस्ने ३२ वर्षीय रोबिनकुमार यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा खटिएको प्रहरीले सिम्रौनगढबाट तेलकुवातर्फ आउँदै गरेको ना.४१ प ३३८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक यादवको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २१, बिहीबार ११:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP