• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

भोटेकोशी बाढीपीडितका लागि नवकान्तिपुर सहकारीको २ लाख ३१ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि नवकान्तिपुर सहकारीको २ लाख ३१ हजार सहयोग

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक तथा परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ लाख ३१ हजार ५०१ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

सहकारीका अनुसार संस्थाको तर्फबाट १ लाख ५१ हजार १११ रुपैयाँ तथा कर्मचारीको एक दिनको तलब र सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा ऋण उपसमितिका सदस्यहरूको एक बैठकको भत्ताबाट ८० हजार ३९० रुपैयाँ गरी कुल २ लाख ३१ हजार ५०१ रुपैयाँ सहयोग गरिएको हो ।

सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्तमध्ये रहेको ‘समुदायप्रतिको चासो’ लाई व्यवहारमा उतार्दै विपद्को कठिन घडीमा बाढीपीडित नागरिकसँग ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको संस्थाले जनाएको छ ।

संस्थाका अनुसार बाढीबाट प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको हो । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारीको मूल भावनालाई आत्मसात गर्दै विपदबाट प्रभावित नागरिकको दुःखमा साथ दिने प्रयास गरिएको संस्थाको भनाइ छ ।

नवकान्तिपुरले राहत सहयोगलाई आर्थिक योगदानमा मात्र सीमित नभई सहकारीको सामाजिक उत्तरदायित्व र समुदायसँगको सम्बन्धको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ । संस्थाले बाढीबाट प्रभावित परिवारको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको कामना गर्दै विपद्का बेला आवश्यक सहयोगका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रहसमेत गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १७, बुधबार १८:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP