• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। आज प्रतिताेला ४०० रुपैँयाँले मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ९ हजार ९०० कायम भएको छ।

याे हप्ता आइतबार ४ हजार ८०० रुपैँयाँले मूल्य घटेकाे थियाे । साेमबार १०० रुपैँयाँले मूल्य बढेकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ । आज ७० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ३३५ रुपैंयाँ कायम भएको छ।

माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ३, मंगलवार ०६:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP