• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

वर्षाका कारण स्थगित बिन्धवासिनी सहकारीको ३३औँ साधारणसभा असोज १६ देखि

वर्षाका कारण स्थगित बिन्धवासिनी सहकारीको ३३औँ साधारणसभा असोज १६ देखि

काभ्रे । लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि स्थगित गरिएको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३औँ वार्षिक साधारणसभा पुनः सञ्चालन हुने भएको छ । संस्थाले मौसममा सुधार आएपछि साधारणसभाका स्थगित कार्यक्रमलाई नयाँ मिति तोकेर अघि बढाउने निर्णय गरेको हो ।

संस्थाले सोमबार जारी गरेको सूचनाअनुसार ३३औँ वार्षिक साधारणसभा २०८३ असोज १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ। यसअघि असोज ९ गतेदेखि ११ गतेसम्म साधारणसभा गर्ने गरी मिति तय गरिएको थियो। तर असोज ८ गतेदेखि लगातार परेको भारी वर्षाका कारण बाढी तथा पहिरोको उच्च जोखिम बढेपछि सदस्यहरूको सुरक्षा र प्रतिकूल मौसमलाई मध्यनजर गर्दै असोज ८ गते सूचना जारी गरी साधारणसभाका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।

हाल मौसममा सुधार आएको र परिस्थितिसमेत अनुकूल बन्दै गएपछि २०८३ असोज १२ गते बसेको निर्णयअनुसार साधारणसभा पुनः सञ्चालन गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ । संस्थाले साधारणसभामा सहभागी हुने सम्पूर्ण शेयर सदस्यहरूलाई आफूलाई पायक पर्ने स्थानमा तोकिएको मिति र समयमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको छ ।

साधारणसभाका कार्यक्रम, समय र स्थानसम्बन्धी विस्तृत विवरण संस्थाले जारी गरेको सूचनामार्फत जानकारी गराएको छ । बनेपा–७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हरेक वर्ष साधारणसभामार्फत संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था तथा आगामी योजनालगायतका विषयमा शेयर सदस्यहरूसँग छलफल गर्दै आएको छ।

संस्थाको सूचना अनुसार असोज १६ देखि १८ गतेसम्म हुने ३३औँ वार्षिक साधारणसभामा सम्पूर्ण शेयर सदस्यलाई उपस्थित भई सहभागी हुन आग्रह गरिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन १२, सोमबार १७:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP