• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अफगानिस्तानमा गएको भूकम्पमा मृत्यु हुनेकाे संख्या ८ सयभन्दा बढी

अफगानिस्तानमा गएको भूकम्पमा मृत्यु हुनेकाे संख्या ८ सयभन्दा बढी

काठमाडौँ । पूर्वी अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८ सय १२ जनाको मृत्यु भएको पुष्टि भएको छ। आइतबार स्थानीय समयअनुसार राति ११ः४७ बजे अफगानिस्तानको पूर्वी भागमा भूकम्प गएको थियो ।

२ हजार ८ सय १७ जना घाइते भएको अफगान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताउनु भयो । मुजाहिदले कुनार प्रान्तको नुरगल, सुकी, वाटापुर र चापा दारा जिल्लामा धेरैजसो विनाश भएको बताउनु भयो । जसमा ८ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । २ हजार ५ सय जना घाइते भएका छन् ।

छिमेकी नान्गारहार प्रान्तमा १२ जनाको मृत्यु भएको छ । २५५ जना घाइते भएका छन् भने लगमान प्रान्तमा ५८ जना घाइते भएका छन् । नुरिस्तान प्रान्तमा ४ जना घाइते भएका छन् । मृतकको संख्या प्रारम्भिक अनुमान हो । मूल्याङ्कन अगाडि बढ्दै जाँदा बढ्ने सम्भावना रहेको अधिकारीले बताएका छन् । सिन्ह्वा



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १७, मंगलवार ०५:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP