काठमाडाैं । नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ। काठमाडाैंकाे दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले बंगलादेशमाथि दबाब कायम गरे पनि गोल गर्न भने सकेन ।
गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले केही राम्रा अवसरहरू सिर्जना गरे पनि फिनिसिङमा कमजोरी देखियो।
त्यसैगरी, बंगलादेशले पनि नेपालको डिफेन्समाथि खासै चुनौती दिन सकेन । दुवै टोलीले डिफेन्समा राम्रो खेले पनि आक्रमणमा भने कमजोरी देखाएका छन् ।
प्रतिक्रिया