• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

बनेपा नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड सकियाे, बेलर इन्टरनेशनल एकेडेमी प्रथम

बनेपा नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड सकियाे, बेलर इन्टरनेशनल एकेडेमी प्रथम

काभ्रे । बनेपा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड मंगलबार सकिएकाे छ। जसमा बेलर इन्टरनेशनल एकेडेमीले पहिलाे स्थान हात पारेकाे छ । बेलर गत वर्ष पनि पहिलाे नै भएकाे थियाे ।

नगरपालिकाका कूल ३६ संस्थागत र सामुदायिक विद्यालयले भाग लिएकाे प्रतियाेगितामा २ हजार २९६ विद्यार्थी सहभागी थिए । प्रतियाेगितामा एथ्लेटिक्स, भलिबल र कवड्डीलगायत खेलका विभिन्न विधाहरुमा प्रतियाेगीहरुले प्रतिश्पर्धा गरेका थिए ।

समापन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले खेल मानव जीवनकै अभिन्न अंग भएकाे बताउनुभयाे । उहाँले खेल खेल्नका मात्रै नभई स्वस्थ, अनुशासित, जिम्मेवारी र राष्ट्रका लागिसमेत भएको उल्लेख गर्दै प्रतियाेगितामा हारजित सामान्य भएकाले अहिले हार्नेले निराश नहुन र आगामी प्रतियाेगितामा सफल हुनका लागि शुभकामना दिनुभयाे । उहाँले विजयी विद्यार्थी र विद्यालयलाई पुरस्कार वितरण गर्नुभयाे ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, शिक्षासँगै खेलकुद तथा खेलकुदसँगै शिक्षा, भन्ने मुल नाराका साथ बनेपा नगरस्तरीय सातौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर १२ गतेदेखि शुरु भएकाे थियाे ।

प्रतियोगिता समापनको नगर प्रमुख शान्तिरत्न शाक्यकाे अध्यक्षतामा भएकाे थियाे । नगरपालिकाले खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट ब्यवस्था गरेको उहाँकाे भनाइ थियाे । कार्यक्रममा उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, उपसचिव देवराज निरौला, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतियाेगितामा एक सय, चार सय, आठ सय, एक हजार, एक हजार पाँच सय र तीन हजार मिटरका ज्याभलिन, त्रिपलजम्प लङजम्प, हाइजम्प, भलिबल, रिले, कवड्डी, सटफुट लगायतका खेलहरु समावेश गराइएको शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठीले जानकारी दिनुभयाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १६, मंगलवार १४:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP