• २०८३ असार ३१ | Wed, 15 Jul 2026

देशभरका कारागारबाट ११ हजार ५०५ कैदी भागे, खोजी जारी

देशभरका कारागारबाट ११ हजार ५०५ कैदी भागे, खोजी जारी

काठमाडौँ। मुलुकमा सृजित विषम परिस्थितीको अनुचित फाइदा उठाउँदै देशका विभिन्न स्थानमा रहेका कारागार तोडेर कैदीबन्दी भगाउने र फरार हुने क्रम बढेको छ ।

जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउँदै मुलुकमा अकल्पनीय जनधनको क्षति गरिएसँगै कमजोर सुरक्षा व्यवस्थाको मौका छोपी विभिन्न अपराधमा संलग्न कैदी नै फरार भएपछि समाजमा भय सिर्जना भएको छ ।

कारागार व्यवस्था विभागका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित तीन हजार ४५० कैदी फरार भएका छन् । कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार हालसम्म कम्तीमा ११ हजार ५०५ जना कैदीबन्दी विभिन्न जेल तोडेर फरार भएका छन् । राजधानीको केन्द्र सुन्धाराबाट सबैभन्दा बढी कैदी फरार भएका हुन् ।

त्यसैगरी गम्भीर प्रकृतिको अपराधमा संलग्न हुने कैदी राखिने सुनसरीको झुम्का कारागारबाट मात्र एक हजार ५७२ जना फरार भएका छन् । मङ्गलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएपछि नख्खु कारागारमा रहेका अन्य एक हजार २७२ जना कैदी जेल तोडेर फरार भएका थिए । उनीहरू फरार भएको सूचना बाहिरिएपछि अन्य कारागार तोडफोड गर्ने क्रम बढेको हो ।

सुरक्षाका कारण देखाउँदै मङ्गलबार कारागार प्रशासनले रवि लामिछानेलाई उहाँकी पत्नी निकिता पौडेलको जिम्मा लगाइएको थियो । यो घटनापछि अन्य कैदीले जेल नै फोडेर भागे । त्यसपछि उत्पन्न अवस्थालाई सुरक्षा निकायले नियन्त्रणमा लिन नसक्दा ठुलो सङ्ख्यामा कैदीहरू कारागारबाट भाग्न सफल भएका हुन् । त्यहाँ केही महिलासहितका कैदीबन्दी स्वेच्छाले बसेकाबाहेक सबै कैदीबन्दी फरार रहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार राति १० बजेदेखि नेपाली सेना सुरक्षार्थ खटिई बुधबार बिहानैदेखि कफ्र्यु लगाइए पनि दिउँसो डिल्लीबजारस्थित कारागारमा कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गरे । केही भागिसकेका कैदीबन्दीलाई समेत तत्काल सेनाले नियन्त्रणमा लिई कारागारमै फिर्ता गर्यो । याे खबर हामीले आजकाे गाेरखापत्रबाट लिएका हाैं



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २६, बिहीबार ०१:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP