• २०८३ असार ३१ | Wed, 15 Jul 2026

पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव, केही प्रदेशमा वर्षा हुने

पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव, केही प्रदेशमा वर्षा हुने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसले गर्दा देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भाग तथा बाँकी प्रदेशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

राति तराईका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। गण्डकी प्रदेशको पहाडी र हिमाली भाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १३, बुधबार ००:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP