काभ्रेपलाञ्चोक । बिन्धवासिनी बचत तथा ऋण सहकारी कार्यालयसंस्था लिमिटेडको आयोजनामा आज (२०८३ असार १२ गते, शुक्रबार) काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलालस्थित गणेश आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा शिक्षा तथा तालिम उपसमिति संयोजक रामहरी शर्मा तिमल्सिना, वडा अध्यक्ष कृष्णबहादुर तामाङ, विद्यालयका प्रधानाध्यापक भुवनबहादुर कार्की तथा ढुङ्खर्क सेवा कार्यालयका संयोजक गणेशप्रसाद तिमल्सिनाले विद्यार्थीहरूलाई स्कुल ब्याग र स्टेशनरी सामग्री वितरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर तामाङ, संस्थाको शिक्षा उपसमिति सदस्य केदारबहादुर क्षेत्री, वरिष्ठ अधिकृत सुदर्शन घिमिरे, कार्यालय व्यवस्थापक अनिल पहरीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्य मोहनकृष्ण तिमल्सिनाले गर्नुभएको थियो । सहकारीले विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।
प्रतिक्रिया