• २०८३ असार ३१ | Wed, 15 Jul 2026

जेनजी आन्दोलनः ६ हजार ३२८ कैदीबन्दी फर्किए, ८ हजार २२६ अझै सम्पर्क बाहिर

जेनजी आन्दोलनः ६ हजार ३२८ कैदीबन्दी फर्किए, ८ हजार २२६ अझै सम्पर्क बाहिर

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म ६ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन्।

कारागार व्यवस्थापन विभागका अनुसार दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेका छन् । उनका अनुसार कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन्। पछिल्लो एक दिनमा मात्रै १ सय ४९ जनालाई फर्काइएको छ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार तथा नौ वटा बालसुधार गृहबाट १४ हजार ५५५ कैदीहरु भागेका थिए। अझै ८ हजार २२६ जना सम्पर्कमा नआएकाले खोजीकार्य भइरहेको विभागले जनाएकाे छ ।

कारागारबाट १३ हजार ५९१ र सुधारगृहबाट ९ सय ६४ जना भागेका थिए। सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका ५ हजार ९८७ तथा सुधारगृह तर्फका तीन सय ४१ जना रहेका छन्।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ५, आईतवार ००:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP