• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गाेपनीयताकाे शपथ

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । राष्‍ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधान बमोजिम हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ।

याे सँगै वर्तमान मन्त्रिपरिषद आठ सदस्य भएकाे छ । जसमा प्रधानमन्त्री सुशीला कार्कीले परराष्‍ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्नु भएकाे छ ।

यस्तै रामेश्वरप्रसाद खनालका लागि अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, ओमप्रकाश अर्याललाई गृह मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ ।

आज नियुक्त चार मन्त्रीहरुमा अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेल रहेका छन् । सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय, महावीरलाई शिक्षा, विज्ञान प्रविधि, मदन परियारलाई कृषि मन्त्रालय र खरेललाई सञ्चार मन्त्रालयकाे जिम्मेवारी दिइएकाे राष्‍ट्रपतिकाे कार्यालयले जनाएकाे छ ।

 

आजै राष्‍ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्‍ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

तस्बीरः राष्‍ट्रपतिकाे कार्यालय



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ६, सोमबार १२:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP