काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले सामाजिक सञ्जालमाथि राेक लगाउनु गलत कदम भएकाे बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमै एक स्टाटस लेख्दै यसकाे विराेध गरेका हुन् ।
साथै उनले सरकारका कदमकाे युवाहरुले गरेकाे विराेधप्रति आफ्नाे समर्थन रहेकाे संकेत गर्दै प्रदर्शन स्वभाविक भएकाे प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन् ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ।’

अध्यक्ष दाहालकाे यस स्टाटसमा काठमाडाैंका मेयर बालेन्द्र साहले कमेन्ट गर्दै प्रचण्डकाे पालामा टिकटक बन्द भएकाे सम्झाउँदै सामाजिक सञ्जाललाई बन्द गराउने शुरुवात गर्ने प्रचण्ड नै भएकाे घुमाउराे अभिव्यक्ति दिएका छन् । वालेनले भनेका छन्, ‘एकादेशमा Tiktok पनि ban भएको थियो । हजुर PM हुँदा पनि म मेयर नै थिएँ, काम हजुरबाट पनि केही भएन Comrade 🙂 Mero lagi ek din diyeko bhaye ma KTM ko Kholaa Naala Feridinthye 🙂’
यी दुवैकाे फेसबुक स्टाटस र कमेन्टलाई फेसबुक प्रयाेगकर्ताले लाइक र कमेन्ट गर्दै आआफ्ना तर्क गरिरहेका छन् ।
प्रतिक्रिया