• २०८३ असार ३१ | Wed, 15 Jul 2026

‘यसपाली देउसीमा घरको आँगनमा स्वागत गर्न सकेनौं, क्षमा पाउँ’: महामन्त्री शर्मा

‘यसपाली देउसीमा घरको आँगनमा स्वागत गर्न सकेनौं, क्षमा पाउँ’: महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसपटक दशैँ र तिहारको टीका नलगाएको बताएका छन् ।

भदौ २३ को प्रदर्शनमा त्यतिका अमूल्य जीवन गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर टीका लगाउन नसकेको महामन्त्री शर्माले बताएका हुन् ।

उनले हरेक बर्ष मेचीनगर धुलाबारीको आँगनमा शुभकामना साटासाट बेग्लै रौनक हुने गरेकोमा यसपाली आगजनीमा परेको घरमा तिहारको बत्ती नबलेको बताए ।

उनले भनेका छन्: ‘तपाईंकोमा देउसी खेल्न आउने भनेको, यतै हुनुन्छ कि उता ? केही मित्रको टेलिफोन जिज्ञासामा भन्ने गरेको छु- यसपाली देउसीमा घरको आँगनमा स्वागत गर्न सकेनौं, क्षमा पाउँ !

दशैंको टीका र तिहारको भाइटीका लगाइएन यसपाली । भदौ २३ को प्रदर्शनमा त्यतिका अमुल्य जीवन गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर टीका लगाउन सकिएन ।

हरेक बर्ष मेचिनगर धुलाबारीको आँगनमा दुईसय बढी देउसी टिमलाई स्वागत गरिन्थ्यो । लक्ष्मीपुजादेखि भाइटीका सकिएर पनि अझै २ दिनसम्म । बिहान ७ बजेदेखि राति २ बजेसम्म । गाउँले साथिभाई, संघसंस्था, व्यक्तिगत भेटघाट, शुभकामना साटासाट बेग्लै रौनक हुन्थ्यो धुलाबारीमा । तर यसपाली मनले त्यो मागेन, मानेन, खोजेन । आगजनीमा परेको धुलाबारीको घरमा यसपाली तिहारको बत्ती बलेन !

काठमाडौंमा रहेको डेरा पनि आगजनीमा परेपछि, डेराबाट पनि डेरामा सर्नुपर्दा यहाँ पनि देउसीलाई स्वागत गर्न सकिएन । यसबाट पर्न गएको असुविधाप्रती सबै आदरणीय मित्रहरूसँग नम्रतापूर्वक क्षमा चाहन्छु ! अपेक्षा राखौं- हामी सबै बदलिनेछौं र समाज बदल्नेछौं । बदलाको भाव, वैरभाव कसैप्रती पनि नराखौं । यही नै हाम्रा धर्मशास्त्रहरुको पनि सार हो । यही स्मरणसाथ सबैलाई तिहारको शुभकामना !’



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ६, बिहीबार १५:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP