• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

जेन-जी प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा १४ जनाको मृत्यु, सयाैं घाइते

जेन-जी प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा १४ जनाको मृत्यु, सयाैं घाइते

काठमाडौँ । जेन-जीले गरेकाे देशव्यापी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अर्बाैंकाे भाैतिक तथा थुप्रै मानवीय क्षति भएकाे छ । शान्तिपूर्ण प्रदर्शन क्रममा प्रहरीले गोली चलाउँदा याे समाचार तयार पार्दासम्म १४ जनाको मृत्यु भएको छ। दुई सय जनाभन्दा बढी घाइते भएका छन् ।

उपचाररत घाइते मध्ये ट्रमा सेन्टरमा ७ जना, एभरेस्ट हस्पिटलमा ३ जना, सिभिल अस्पतालमा २ जना, त्रिवि शिक्षण अस्पताल र केएमसीमा १ / १ जनाको मृत्यु भएको हो । विभिन्न अस्पतालमा २ सयभन्दा बढीको उपचार भइरहेको छ । सिभिलमा १००, ट्रमामा ५०, एभरेस्टमा २०, केएमसीमा ३५, वीर अस्पतालमा ७ र पाटन अस्पतालमा ४ जनाको उपचार भइरहेको हाे । घाइतेमध्ये २२ जनाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।

बानेश्वर केन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहाेरा, अश्रुग्यास र गोली प्रहार गरेको छ। सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य शहरहरुमा प्रदर्शन भइरहेका छन् ।

तस्बीरः काभ्रेकाे बनेपामा भएकाे प्रदर्शन



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २३, सोमबार १२:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP