• २०८३ असार ३१ | Wed, 15 Jul 2026

उपचारका लागि देउवा दम्पती आज सिंगापुर जाने

उपचारका लागि देउवा दम्पती आज सिंगापुर जाने

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि आज सिंगापुर जाने भएका छन् ।

पत्नी आरजु राणासहित राति ९ बजे उनी सिंगापुर जान लागेका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूमाथि आक्रमण गरिएको थियो। त्यसयता देउवा कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिए पनि पार्टीकाे केन्द्रीय समिति बैठकमा भने उपस्थित भएका थिए।

साेही बैठकमा स्वास्थ्यको कारण देखाउँदै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकाे जिम्मेवारी दिएका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १०, सोमबार ०७:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP