• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि बस्ने भएको छ ।

यसअघि बिहीबार बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नेतर्फ अग्रसर हुनुपर्ने बताएका थिए ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको अवस्थामा सबै दलहरूबीच समान धारणा बनाउन आवश्यक रहेको निष्कर्ष कांग्रेसले निकालेको जानकारी दिएका थिए ।

बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने उनले जानकारी दिए । आजकाे बैठक भने पार्टी कार्यालय सानेमा दिउँसो १ बजेबाट शुरु हुने बताइएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २४, शुक्रबार ०२:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP