काठमाडौँ । २०८२ साल आश्विन ७ गते मंगलबार । तदनुसार २३ सेप्टेम्बर २०२५ द्वितीया तिथी ५२ घडी २० पला तृतीया तिथी प्रारम्भ हुनेछ । हस्ता नक्षत्र १८ घडी ३१ पला उप्रान्त चित्रा नक्षत्र प्रारम्भ हुनेछ । ब्रम्ह योग बायब करण आज बिहान सूर्योदय ५:५३मा भयो भने सूर्यास्त साँझ ५:५७ मा हुनेछ। आज मंगलबार चन्द्रमा कन्या राशिमा ।
मेष राशि
बाेलीमा कठोरता आउने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। मुद्दा मामिलामा फसिने योग छ। विश्वास गरेका साथीभाइबाट धोका पाउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
वृष राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्नेछ ।पारिवारिक समस्याले सताउने छ। बोलीमा आएको परिवर्तनले कष्टता पाइने योग छ ।
मिथुन राशि
अधुरा कामहरू पूरा भएर जानेछ। आयआर्जनमा वृद्धि भएर जानेछन्। तीर्थस्थलहरुको भ्रमण गरिने योग छ। शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ ।
कर्कट राशि
आयाआर्जनमा वृद्धि भएर जानेछ। बोलीमा मिठास छाउनेछ। साझेदारी कामबाट मनग्य लाभ लिन सकिने योग छ। पुराना साथीभाइ भेटघाट हुनाले मनमा खुसी छाउनेछ।
सिंह राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। लेनदेनमा वादविवाद बढेर जानेछ। अनावश्यकरुपमा खर्चको मात्रा बढेर जानाले मनमा चिन्ता बढेर जाने देखिन्छ । पठनपाठनमा बाधा आउने हुँदा मनमा चिन्ता बढेर जानेछ।
कन्या राशि
पराक्रम बढेर जानेछ । राजनीतिक कामबाट लाभ लिन सकिनेछ । काममा भएको सफलता र मान्यजनको सहयोगले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। प्रेम गर्ने अवसर जुट्नेछ।
तुला राशि
जग्गा जमिनसम्बन्धी कामबाट घाटा बेहोर्नुपर्नेछ । दाजुभाइमा कलह बढेर जाने योग छ। मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएको छ । सजगताका साथ अगाडि बढ्नुहोला ।
वृश्चिक राशि
पठनपाठनमा सफलता प्राप्त हुने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ ।
धनु राशि
अनावश्यकरूपमा वादविवाद बढेर जानेछ । पारिवारिक समस्याले सताउने देखिन्छ । खर्चको मात्रा बढेर जानेछ। साथीभाईहरूबाट प्राप्त धोकाले मनमा चिन्ता बढेर जानेछ।
मकर राशि
काममा बाधा र आयमा कमी अउनाले मानसिक तनाव बढेर जानेछ । आर्थिक लेनदेनमा विवाद बढेको देखिन्छ । सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। आयआर्जनमा घाटा बेहोर्नुपर्दा मनमा चिन्ता बढ्ने देखिन्छ।
कुम्भ राशि
वैदेशिक कार्यबाट प्रशस्त लाभ लिन सकिनेछ। शेयर बजारबाट राम्रै आम्दानी गरिने योग छ । बोलीमा मिठास छाउनेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।
मीन राशि
पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। कृषि कार्यबाट लाभ लिन सकिने योग छ।
प्रतिक्रिया