• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

नमोबुद्धका पूर्वनगर प्रमुख टिपी शर्मा तिमल्सिनाकाे निधन

नमोबुद्धका पूर्वनगर प्रमुख टिपी शर्मा तिमल्सिनाकाे निधन

काभ्रे । गत साउन १० गते नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका साे नगरपालिकाका पूर्वनगर प्रमुख टंकप्रसाद (टिपी) शर्मा तिमल्सिनाकाे मंगलबार बिहान उपचारकै क्रममा निधन भएकाे छ । दुर्घटना भएसँगै उहाँकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे थियाे । तिमल्सिना नमाेबुद्धका पहिलाे नगरप्रमुख हुन् ।

साउन १० गते शनिबार बिहान नमोबुद्ध न.पा. २ बीसकिलोस्थित बीपी राजमार्गमा दुर्घटना भएको थियाे । नार्केबाट काठमाडाैंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले बिपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा बा प्र ०३-०२-००७ प ८८०० नं. को स्कुटर चालक नमोबुद्ध २ बस्ने अन्दाजी वर्ष ४६ का किशोर तिमल्सिना सामान्य घाइते भएका थिए । स्कुटरमा पछाडि सवार ७२ वर्षीय टंकप्रसाद शर्मा भने गम्भिर घाइते हुनु भएकाे थियाे । सवारी चालक किशाेर टंकप्रसाद शर्माका छाेरा हुन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ७, मंगलवार ०१:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP