• २०८३ असार ३१ | Wed, 15 Jul 2026

दुई महिनामा वस्तु आयात र निर्यात दुवै बढ्याेः भन्सार विभाग

दुई महिनामा वस्तु आयात र निर्यात दुवै बढ्याेः भन्सार विभाग

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा नेपालको वैदेशिक व्यापारमा आयात १६.२३ प्रतिशतले बढेको छ ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेकाे विवरण अनुसार पहिलो दुई महिनामा आयात १६.२३ प्रतिशत बढेको छ भने निर्यात ८८.५७ प्रतिशतले बढेको छ। दुई महिनमा ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजार बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार बराबरको आयात भएको थियो ।

यस्तै याे अवधीमा ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २५ अर्ब ९ करोड ३१ लाख १० हजार बराबरको निर्यात भएको थियो । यस आर्थिक बर्षको दुई महिनामा व्यापार घाटा उच्च देखिएको छ ।

यस अवधिमा ८.५९ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब ५७ अर्ब ८३ करोड पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २ खर्ब ३७ अर्ब ४४ करोड रहेको थियो ।

दुई महिनामा कुल वैदेशिक व्यापार २२.५४ प्रतिशतले बढेको छ। यस अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ५२ अर्ब ४७ करोड पुगेको छ। त्यसैगरी दुई महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ८, बुधबार ०१:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP