सिन्धुपाल्चोक। बुधबार दिउँसाेदेखि परेकाे अविरल वर्षासँगैकाे पहिराेमा सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका-१ जलबीरेमा दुई बालिका बेपत्ता भएका छन् ।
दिउँसो ४ः४५ बजेकाे समयमा सिन्धुपाल्चोक जिल्ला बलेफी-१ जलबीरेस्थित बलेफी ढाडे भित्री सडक खण्डमा चौतारा साँगाचोकगढी नगरपालिका-२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका-२ गोल्छेस्थित मामाघरमा पैदल जाँदै गरेका दिदीबहिनी पहिराेमा बेपत्ता भएका हुन् ।
स्थानीय ज्याङजेङ लामाका छोरी अन्दाजी बर्ष १७ की फूलमाया लामा र निजकी बहिनी बर्ष ५ की मनमाया लामा सडकमाथि भिरबाट आएकाे लेदोसहितको पहिरोमा परि बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय जलबीरेबाट प्रहरी निरिक्षक गजेन्द्र रावतको कमाण्डमा १० जनाकाे टोली गई खोजतलास भइरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएकाे छ।
याे समाचार हामीले सिन्धुपाल्चाेकका पत्रकार देवराज सुवेदीकाे सहयाेगमा तयार पारेका हाैं ।
प्रतिक्रिया