• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

माैसममा कहिले आउला सुधार ?, यस्ताे छ पूर्वानुमान

माैसममा कहिले आउला सुधार ?, यस्ताे छ पूर्वानुमान

काठमाडौँ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ।

आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानहरुमा पूर्णबदली रही बागमती प्रदेश, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागहरुमा आँशिक बदली रहेने छ।

कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाकाे सम्भावना रहेको छ।

असोज १९ गते बिहान ६ बजेको अवस्था
काठमाडौंमा वर्षा कम हुँदै गएको छ। जल तथा मौसम बिज्ञान विभागका अनुसार पछिल्लो १ घण्टादेखि वर्षा रोकिएको छ। यो प्रणाली अहिले कोशी प्रदेशमा सक्रिय रहेको छ। यस प्रणाली को असर आज रामेछाप, ओखलढुंगा लगायत पूर्वी भागमा रहने देखिन्छ। तर भोलिदेखि बाहिरिने सम्भावना बलियो छ। काठमाडौंमा भने आजै कमजाेर भएर दिउँसोदेखि बाहिरिने देखिन्छ।

वर्षा हुने क्रम केही रोकिए पनि नदीमा आएकाे बाढी घट्न आज दिनभरि नै लाग्ने छ । पूर्वी नेपालमा भोलि साँझदेखि मात्र बाढी घट्ने/ कम हुने वा खतरा तहभन्दा तल जानेछ।सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा यो प्रणाली को असर हुँदैन ।

बाग्मती नदी ललितपुरको खोकनामा स्थिर तर खतरा तहमा छ। कोशी नदी खतरा तहमा छ र बढ्दाे छ। कन्काइ नदी खतरा तहमा छ र बढ्दाे छ।

काभ्रेकाे बेथानचाेककाे खलङ्गा खाेलाले बस्ती कटान गर्दै ।  तस्बीरः पुरुषाेत्तम तिमल्सिना 

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १९, आईतवार ०१:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP