• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज र भाेलि सार्वजनिक बिदा

आज र भाेलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले असोज १९ र २० गते (आज र भाेलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

गृह मन्त्रालयले शनिबार सूचना जारी गरी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू–क्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी आज आइतबार र भाेलि सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताएको हो ।

मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जनाउँदै हाल देशका विभिन्न भागमा वर्षा भइरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

 

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १९, आईतवार ०३:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP