• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

दाेलालघाट नजिकै सुख्खा पहिराे, माेटरसाइकलमा सवार दुई जना घाइते

दाेलालघाट नजिकै सुख्खा पहिराे, माेटरसाइकलमा सवार दुई जना घाइते

काभ्रे । काभ्रेकाे दाेलालघाट नजिक अरनिकाे राजमार्गमा माथिबाट खसेकाे सुख्खा पहिराेसँगै ढुंगाले लागेर माेटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

आज बिहान ११ः१० बजेकाे समयमा जिरोकिलोबाट दोलालघाटतर्फ जाँदै गरेको बा ७५ प ५०९५ नं. को माेटरसाइकललाई काभ्रे भुम्लु गाउँपालिका १० चाखोलामा सुख्खा पहिराेसँगै खसेकाे ढुंगाले लागेकाे थियाे ।

दुर्घटनामा घाइते हुनेमा माेटरसाइकल चालक सिन्धुपाल्चोककाे त्रिपुरासुन्दरी गाउँपालिका ५ बस्ने बर्ष ४१ का प्रेमबहादुर श्रेष्ठ र उनकी छोरी बर्ष १० की अपेक्षा श्रेष्ठ रहेका छन् ।

चालक श्रेष्ठकाे अनुहार र देब्रे हातमा चो‍ट लागेकाे छ । अपेक्षा सामान्य घाइते छिन् । दुवै जनालाई काभ्रेमा धुलिखेल अस्पताल पठाइएको सिन्धुपाल्चाेक प्रहरीले जनाएकाे छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २१, मंगलवार ०८:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP