• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आयाेजना प्रभावित समितिहरुद्वारा मेलम्ची खानेपानीकाे केन्द्रीय कार्यालयमा तालाबन्दी

आयाेजना प्रभावित समितिहरुद्वारा मेलम्ची खानेपानीकाे केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिकाे केन्द्रीय कार्यालय काठमाडौंमा तालाबन्दी गरिएको छ।

सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति (सुप) अन्तर्गतका ह्योल्मो सिन्धु उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति, याङ्ग्री लार्के स्थानीय सरोकार समिति, इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति र मण्डन उपत्यका सामाजिक उत्थान समाजद्वारा आजदेखि मेलम्ची खानेपानी विकास समिति, केन्द्रीय कार्यालय काठमाडौंमा तालाबन्दी गरिएको हाे।

सम्बन्धित समितिहरूले आफ्नो माग सम्बोधन नभएसम्म अनिश्चितकालका लागि काम ठप्प पारिएको घोषणा गरेका छन् । उनीहरूले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित विकास कार्यहरूमा समुदायको हक हित, क्षतिपूर्ति र सरोकारका विषयमा दीर्घकालदेखि बेवास्ता गरिएको आरोप लगाएका छन्।

तालाबन्दीका कारण समितिको नियमित प्रशासनिक र प्राविधिक कामकाज पूर्णरूपमा रोकिएको छ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १६, आईतवार १३:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP