काठमाडाैँ। गत हप्ताकाे बाढी पहिराेले अवरुद्ध भएका अधिकांश सडकहरु संचालनमा आए पनि केही अझै अवरुद्ध रहेका छन्।
अवरुद्धमध्ये कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा पहिरो खस्दा सवारी साधन चल्न सकेका छैनन्।
इलामकाे इलाम नगरपालिका राजदुवालीमा मेची राजमार्ग पनि अवरुद्ध भएकाेमा यहाँ भने वैकल्पिक मार्गबाट सवारी संचालन गर्न सकिने भएकाे छ । यता काभ्रेकाे बीपी राजमार्ग भने एकतर्फीरुपमा सुचारु भएकाे छ ।
यस्तै पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका ३ फ्याङलुङमा बाढीले सडक कटान गरेकाले आज पनि सवारी साधन चल्न सकेका छैनन्। रसुवाकै गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढीस्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा बाढीले क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध रहेको ट्राफिक प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया