काभ्रे । काभ्रेकाे पनाैती नगरपालिकाका एक महत दम्पत्ती बेपत्ता भएका छन् ।
पनौती नगरपालिका वडा नम्बर ५ चौकोटस्थित महत गाँउ बस्ने अन्दाजी बर्ष ८० का रामबहादुर महत र उनकी श्रीमती अन्दाजी बर्ष ६० की कान्छी महत बेपत्ता भएका प्रहरीले जनाएकाे छ ।
उनीहरु असाेज २१ गते बिहान ११ बजेदेखि हराइरहेको र काेही कसैले फेला पार्नु भएमा नजिककाे प्रहरी चाैकी वा निजका छोरा सुमन महत (९८५१००६५४७) लाई खबर गरिदिनु हुन जिल्ला प्रहरी कार्यालय धुलिखेलले अनुरोध गरेको छ। याे समाचार तयार पार्दासम्म उनीहरुकाे कुनै पत्ता लागेकाे छैन ।
प्रतिक्रिया