बनेपा । काभ्रेकाे बनेपास्थित जनागालमा रहेकाे नाइटिङ्गेल एकेडेमी माविमा आजदेखि खेलकुद सप्ताह–२०८२ शुरु भएको छ।
खेलकुद सप्ताहमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिँदैछन् । जसमा भलिबल, फुटबल, स्विमिङ, कराते, दौडलगायतका दर्जनभन्दा बढी खेलहरु खेलाइने विद्यालयका इसिए इञ्चार्ज विक्रम प्रजापतिले जानकारी दिनुभयाे।
खेलकुद सप्ताहको कार्यक्रमका प्रमुख अतिथी श्री मेहर गण धुलिखेलका मेजर ईश्वर बस्नेतले उद्घाटन गर्नुभयाे । उद्घाटनका क्रममा बस्नेतले मानव जीवनमा खेलकुदकाे महत्व ठूलाे रहेकाे बताउँदै सुरक्षित, अनुशासित र मिहेनती भई खेल खेल्न विद्यार्थीहरुलाई अनुराेध गर्नुभयाे ।

उहाँले खेलकुदको महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत रहेकाले विद्यार्थीहरुलाई पढाईसँगै खेल खेल्न अनुरोध गर्नुभयाे । खेलकुदबाटै सफल भएका विश्वका विभिन्न देश र खेलाडीहरुकाे उदाहरण दिँदै बस्नेतले खेलकुद भनेकाे खेल्ने र कुद्ने मात्र नभइ खेललाई अघि बढाउने मानिस स्वस्थ पनि हुने उल्लेख गर्नुभयाे ।

कार्यक्रममा विद्यालयका अध्यक्ष रत्नकुश रञ्जितकारले खेलमा हारजित हुनु स्वभाविक भएकाले जित्नेले जित्छ, हार्नेले सिक्छ भन्दै जसले जिते पनि नाइटिङ्गेलले नै जित्ने बताउँदै कुनै पनि इगाे नराखी अनुशासनमा रहेर खेल खेल्न अनुराेध गर्नुभयाे । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका लागि अतिरिक्त कक्षाको समेत ब्यवस्था गरिएको रञ्जितकारले जानकारी दिनुभयाे ।

बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, स्थानीय समाजसेवी, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रममा उपस्थितहरुलाई विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले मन्तव्यद्वारा स्वागत गर्नुभएकाे थियाे । उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले विभिन्न खेल गतिविधी प्रस्तुत गर्नुका साथै कलाहरु पनि देखाएका थिए ।

Facebook VideoLoading video...
प्रतिक्रिया