• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

दोस्रो वडाध्यक्ष कप भलिबलको उपाधिका लागि इन्द्रावतीकाे वडा नम्बर ५ र ७ भिड्ने

दोस्रो वडाध्यक्ष कप भलिबलको उपाधिका लागि इन्द्रावतीकाे वडा नम्बर ५ र ७ भिड्ने

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को आयोजनामा जारी दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ५ र ७ फाइनलमा पुगेका छन् ।

मंगलबारबाट सुरु भएको प्रतियोगितामा आज सम्पन्न सेमिफाइनल खेलमा वडा नम्बर ५ ले वडा नम्बर ४ लाई र वडा नम्बर ७ ले वडा नम्बर ८ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

तेस्रो स्थानका लागि भएको खेलमा वडा नम्बर ४ ले वडा नम्बर ८ लाई २६–२४ र २५–२० ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

खेलकुदमार्फत स्वास्थ्य प्रवर्द्धन गर्नुका साथै युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने टोलीले ४० हजार रुपैयाँ, दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

फाइनल खेल भोलि बिहान ७ः३० बजे सुरु हुने वडा नम्बर ५ का अध्यक्ष सशीनाथ आचार्यले जानकारी दिनुभयो।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ७, बिहीबार १३:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP