• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

टी-२० सिरिजकाे दोस्रो खेलमा नेपालद्वारा मलेसियामाथि ६ विकेटकाे जीत दर्ता

टी-२० सिरिजकाे दोस्रो खेलमा नेपालद्वारा मलेसियामाथि ६ विकेटकाे जीत दर्ता

काठमाडौँ। अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा मलेसियामाथि नेपालले ६ विकेटको जीत निकालेको छ।

पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको आज भएकाे दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ।

सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको हो।

नेपालको जितमा पूजा महतोले उत्कृष्ट ब्याटिङ गरिन् । ३९ बलको सामना गर्दा उनले सम्हालिएर ब्याटिङ गर्दै ३९ रन जोडन् । कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्।

मलेसियाको बायुमास ओभलमा शुरुमा ब्याटिङ गरेको घरेलु टिमले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा ९१ रन बनाएको थियो ।

उसका लागि ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन्। ६३ बलको सामना गर्दै उनले ५० रन बनाएकी हुन्। मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि समु विष्टले दुई विकेट हात पार्दा कविता कुँवरले एक विकेट लिइन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १८, शनिबार ०५:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP